अमेरिकाको हस्तक्षेपपछि भेनेजुएलाको कार्यकारी नेतृत्व रोड्रिगेजको हातमा

Advertisement

२० पुस, काठमाडौं — भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि रोड्रिगेजले उक्त जिम्मेवारी सम्हालेकी हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न उपराष्ट्रपति रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिन आवश्यक भएको जनाएको थियो ।

अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो । साथै, भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार सञ्चालन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

डेल्सी रोड्रिगेजको जन्म १८ मे १९६९ मा काराकसमा भएको हो । उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकू थिए । उनले १९७० को दशकमा ‘लीगा सोशलिस्टा’ पार्टी स्थापना गरेका थिए ।

कानूनमा स्नातक गरेकी रोड्रिगेज पेशाले अधिवक्ता पनि हुन् । उनी लामो समयदेखि मादुरो सरकारसँग नजिक रहेर काम गर्दै आएकी छन् । यसअघि उनले पूर्वराष्ट्रपति ह्युगो चावेजको समर्थनमा पनि काम गरिसकेकी छन् ।

रोड्रिगेजले २०१३–२०१४ मा सञ्चार तथा सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री तथा २०१७ मा सरकार समर्थित संविधान सभाको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेकी थिइन् । २०१८ को जुनमा उनी भेनेजुएलाको उपराष्ट्रपतिमा नियुक्त भएकी हुन् ।

उपराष्ट्रपतिका रूपमा उनले देशका आर्थिक तथा राजनीतिक निर्णयहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । सन् २०२४ को अगस्टमा उनलाई तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारी पनि दिइएको थियो, जसले अमेरिकी प्रतिबन्धका बीच भेनेजुएलाको ऊर्जा क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने अवसर दिएको थियो ।

उपराष्ट्रपतिका हैसियतमा रोड्रिगेजले विभिन्न मन्त्रालय र आर्थिक नीतिहरू सम्हाल्दै देशको चरम महँगीको सामना गर्न प्रयास गरेकी छन् । धेरैले उनलाई मादुरोको विश्वासपात्र सहयोगी तथा सरकारको कडा समर्थकका रूपमा हेर्ने गरेका छन् ।

अमेरिकाले राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएपछि रोड्रिगेजले सार्वजनिक रूपमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न माग गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बूढीगण्डकीमा आकस्मिक बाढी, घरटहरामा पनि पस्यो पानी

बूढीगण्डकीमा आकस्मिक बाढी, घरटहरामा पनि पस्यो पानी

२५ असोज, काठमाडौं — गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। प्रह...
मतदानस्थलमा गगन थापा, प्रतिनिधिसँग मागे भोट

मतदानस्थलमा गगन थापा, प्रतिनिधिसँग मागे भोट

२३ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत ...
खड्गीको अपिल : ‘निष्पक्ष र निर्भय भएर मतदान गर्नुहोस्’

खड्गीको अपिल : ‘निष्पक्ष र निर्भय भएर मतदान गर्नुहोस्’

२२ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब वा प्रभावमा नपर...
कारबाहीमा परेका म्यानपावर व्यवसायीले छुट्टै संघ खोल्ने तयारी

कारबाहीमा परेका म्यानपावर व्यवसायीले छुट्टै संघ खोल्ने तयारी

२२ असोज, काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघ विभाजनको सँघारमा पुगेको छ। मलेसियाले २७५ म्यानपावर व्यवसायीलाई ‘फरेन वर्कर ...