कांग्रेसले सुरु गर्‍यो डिजिटल सदस्यता प्रणाली

१ जेठ, काठमाडौं — नेपाली कांग्रेसले क्रियाशील सदस्यताको अद्यावधिक कार्य आगामी २१ दिनभित्र पूरा गर्ने निर्णय गरेको छ।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको कांग्रेस सदस्यता व्यवस्थापन समितिको बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले जेठ २१ गतेभित्र सदस्यता वितरण, नवीकरण र अद्यावधिकको काम अनिवार्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको हो।

महामन्त्री पौडेलले कांग्रेसको क्रियाशील सदस्यताको अभिलेखीकरणलाई डिजिटल बनाउँदै पार्टीलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको दल बनाउने उद्देश्यले विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको जानकारी दिए।

उनका अनुसार प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि नेपाली कांग्रेसको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ।

अनलाइनमार्फत अद्यावधिक गर्दा समस्या आएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरेर एआई सहयोगमार्फत सहायता लिन सकिने पनि उनले बताए।

त्यस्तै, केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रका ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरमा सम्पर्क गरेर पनि समस्या समाधान गर्न सकिने व्यवस्था गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साथै, ९७०१२५५५५५ नम्बरमा सम्पर्क गर्दा सोधिने प्रश्नहरूको उत्तर दिएर फोनमार्फत पनि अद्यावधिक फारम भर्न सकिने व्यवस्था मिलाइएको छ।

विदेशमा रहेका नेपाली कांग्रेससम्बद्ध ‘नेपाली जनसम्पर्क समिति’हरूका लागि पनि ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको कांग्रेसले जनाएको छ।

महामन्त्री पौडेलका अनुसार सदस्यता अद्यावधिक नगर्ने र कांग्रेसको परिचयपत्र प्राप्त नगर्ने व्यक्तिले पार्टीको १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था विधानमा रहेको छ। त्यसैले तोकिएको समयभित्रै सदस्यता अद्यावधिक गर्न र गराउन मातहत तहलाई निर्देशन दिइएको उनले बताए।

नेपाली कांग्रेसले आगामी असोजमा १५औं महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

पूर्व-पश्चिम राजमार्गमा यी ठाउँका संरचना १५ दिनभित्र हटाउन निर्देशन

पूर्व-पश्चिम राजमार्गमा यी ठाउँका संरचना १५ दिनभित्र हटाउन निर्देशन

२५ जेठ, काठमाडौं — पूर्व-पश्चिम राजमार्गम छेउछाउ स्वीकृति विना बनाइएका अस्थायी/स्थायी घरटहरा खाली गर्न आग्रह गरिएको छ। कञ्चनपुरको...
प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

२५ जेठ, काठमाडौं — प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सोमबार दिउँसो सवा १ बजे बसेको बैठक प्रारम्भ भएको केही ...
करका दर हेरफेर प्रकरणमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

करका दर हेरफेर प्रकरणमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

२५ जेठ, काठमाडौं — करका दरसम्बन्धी व्यवस्था फेरबदल भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने ...
सीमा विवादसम्बन्धी विषयमा सरकार गम्भीर रहेको सभामुखको विश्वास

सीमा विवादसम्बन्धी विषयमा सरकार गम्भीर रहेको सभामुखको विश्वास

२५ जेठ, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले नेपाल–भारत सीमा विवादसम्बन्धी विषयमा विपक्षी दलहरूले उठाएका प्रश्नप्रति सरकार गम्भीर ...