बर्षभरीको समीक्षा अब युट्युब मै, नयाँ रिक्याप फिचर सार्वजनिक

२१ मंसिर, काठमाडौं — युट्युब ले आफ्नै वार्षिक ‘Year in Review’ रिक्याप सार्वजनिक गरेको छ । यसमार्फत प्रयोगकर्ताले बर्षभरी हेरेका भिडियो, सुनेका गीत र व्यक्तिगत रुचिसँग सम्बन्धित तथ्य एकैपटक बुझ्न सक्नेछन्। कम्पनीका अनुसार यो फिचर युट्युब र युट्युब म्युजिक दुवैमा उपलब्ध छ।

के समावेश नयाँ रिक्यापमा

रिक्यापले प्रयोगकर्ताले बर्षभरी बढी उपभोग गरेको सामग्रीलाई भिजुअल कार्डका रूपमा प्रस्तुत गर्दछ। सबैभन्दा धेरै सुनेको गीत, मनपराएका कलाकार, दोहोरिने प्ले लिस्ट, हेर्दै आएको भिडियो विधा र व्यक्तिगत ट्रेन्डहरू क्रमबद्ध रूपमा देखिन्छन्।
मोबाइलमा हेर्दा रिक्याप स्लाइडजस्तो गरी क्रमिक रूपमा खुल्ने भएकाले वर्षभरको डिजिटल गतिविधि छोटो समयमै बुझ्न सजिलो हुनेछ।

डाटा कसरी प्रस्तुत हुन्छ

युट्युब ले प्रत्येक प्रयोगकर्ताका लागि स्वतः एकीकृत सारांश बनाउँदछ। वर्षभरको संगीत रुचि, सामग्री उपभोगको मात्रा र दोहोरिने बानी जस्ता विवरण समग्र रूपमा देखिन्छन्।
रिक्याप YouTube Music मा सिधै उपलब्ध हुन्छ र मुख्य YouTube एपमा Accounts ट्याब खोलेपछि हेर्न सकिन्छ।

किन ल्यायो युट्युब ले यस्तो फिचर?

Spotify Wrapped र Apple Music Replay जस्ता वार्षिक संगीत, सारांश अत्यन्त लोकप्रिय हुँदै गएपछि युट्युब ले भिडियो र संगीत दुवै समेटिएको संयुक्त विकल्प तयार गरेको हो। कम्पनीका अनुसार रिक्याप प्रयोगकर्ताको डिजिटल वर्षलाई एकै नजरमा बुझाउने उद्देश्य राखेर डिजाइन गरिएको छ।

यो फिचर विश्वभर चरणबद्ध रूपमा सक्रिय हुँदैछ। प्रयोगकर्ताले मोबाइल, कम्प्युटर र ट्याब्लेटबाट समान रूपमा रिक्याप हेर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

‘सरकारले आफ्नो दायित्व भुल्नु हुँदैन’: शेरबहादुर देउवा

‘सरकारले आफ्नो दायित्व भुल्नु हुँदैन’: शेरबहादुर देउवा

२८ साउन, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतको सम्मान...
किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको छापा

किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको छापा

२८ साउन, काठमाडौं — पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा समेत खानतलासी गरेको छ। आज बिहान ...
खाना पकाउने ग्यासको अभावप्रति राष्ट्रिय सभा अध्यक्षको चासो

खाना पकाउने ग्यासको अभावप्रति राष्ट्रिय सभा अध्यक्षको चासो

२७ साउन, काठमाडौं — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गरी आपूर्ति व...
टर्कीमा हुने कोप–३१ का लागि प्रधानमन्त्री बालेनलाई निम्तो

टर्कीमा हुने कोप–३१ का लागि प्रधानमन्त्री बालेनलाई निम्तो

२७ साउन, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा स...