भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, ‘उठेका सबै विषयमा संवाद हुन्छ’

२२ जेठ, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्।

परराष्ट्र मन्त्रालयले यसअघि नै सार्वजनिक गरेको कार्यतालिकाअनुसार खनाल भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा २२ देखि २४ जेठसम्म भारत भ्रमणमा रहेका छन्।

भ्रमणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नेपालका प्राथमिकताका विषयमा भारतसँग खुला संवाद हुने बताएका छन्।

‘हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौं। अहिले उठेका सबै विषयमा हामी संवाद गर्छौं,’ उनले भने।

भ्रमणका क्रममा नयाँदिल्लीमा परराष्ट्रमन्त्री खनाल र उनका भारतीय समकक्षी जयशङ्करबीच औपचारिक द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्धका पारस्परिक हितसँग सम्बन्धित विविध विषयमा केन्द्रित रहेर छलफल हुनेछ।

विशेषगरी व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा सहकार्य तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत विचारविमर्श हुने जनाइएको छ।

परराष्ट्र मन्त्रालयले नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको कूटनीतिक, ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

कार्यतालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२६ असार, काठमाडौं — फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकपमा सबैभन्दा छिटो २० गोल पूरा गर्ने खेलाडी बनेका छन्। साथै, उनी वि...
बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

२६ असार, काठमाडौं — पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको अवस्था अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन नगर प्र...
सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

२५ असार, काठमाडौं — सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘...
विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त...