साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेसँङै सेमिफाइनलमा प्रवेश

Advertisement

८ कात्तिक, काठमाडौं – साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराउदै समूह विजेता बनेको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तिमा ६–० को जित चाहिएको थियो ।

पहिलो हाफ हुनुअघि ४ गोल गरेको नेपालले त्यसपछि २ गोल थपेको थियो। नेपालका लागि रेखा पौडेलले दुई गोल गरिन् भने साबित्रा भण्डारी र सविता राना मगरले एक-एक गोल गरे । रेखाले १३ र ३६औं मिनेटमा गोल गरिन् भने सविताले ८ र सबित्राले १२औं मिनेटमा गोल गरे।

त्यस्तै ४६ मिनेटमा अमिसा कार्कीले १ र अतिरिक्त समयमा रश्मी कुमारी घिसिङले १ गोल थपेका थिए । जितसँगै नेपाल समूह विजेता भन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बूढीगण्डकीमा आकस्मिक बाढी, घरटहरामा पनि पस्यो पानी

बूढीगण्डकीमा आकस्मिक बाढी, घरटहरामा पनि पस्यो पानी

२५ असोज, काठमाडौं — गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। प्रह...
मतदानस्थलमा गगन थापा, प्रतिनिधिसँग मागे भोट

मतदानस्थलमा गगन थापा, प्रतिनिधिसँग मागे भोट

२३ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत ...
खड्गीको अपिल : ‘निष्पक्ष र निर्भय भएर मतदान गर्नुहोस्’

खड्गीको अपिल : ‘निष्पक्ष र निर्भय भएर मतदान गर्नुहोस्’

२२ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब वा प्रभावमा नपर...
कारबाहीमा परेका म्यानपावर व्यवसायीले छुट्टै संघ खोल्ने तयारी

कारबाहीमा परेका म्यानपावर व्यवसायीले छुट्टै संघ खोल्ने तयारी

२२ असोज, काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघ विभाजनको सँघारमा पुगेको छ। मलेसियाले २७५ म्यानपावर व्यवसायीलाई ‘फरेन वर्कर ...