१८ मंसिर २०८१
१८ मंसिर २०८१
१८ मङ्सिर, काठमाडौं - चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटघाटका क्रममा उनीहरूबीच आपसी सहकार्य,दुई देशबीचको सम्बन्धलगायत विषयमा छलफल भएको थियो । भेटका क्रममा सीले प्रधानमन्त्री ओलीसँग नेपालको पछिल्लो राजनीतिक,आर्थिक र सामाजिक अवस्थाका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा मंगलबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए ।