एआई उद्योगको सुरक्षा संरचना कमजोर, अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको अध्ययनमा खुलासा

२३ मंसिर, काठमाडौं — विश्वका ठूला एआई कम्पनीहरूको सुरक्षा अभ्यास अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै तल रहेको एक नयाँ अध्ययनले निष्कर्ष निकालेको छ।

फ्युचर अफ लाइफ इन्स्टिच्युट- Future of Life Institute (FLI) ले सार्वजनिक गरेको “AI Safety Index 2025” ले OpenAI, Anthropic, xAI र Meta जस्ता कम्पनीले जोखिम व्यवस्थापनका आधारभूत मानकसमेत पर्याप्त रूपमा अपनाउन नसकेको उल्लेख गरेको हो।

रॉयटर्स (Reuters) का अनुसार, स्वतन्त्र विज्ञहरूले गरेको मूल्याङ्कनमा ती कम्पनीहरूसँग उदीयमान उच्च-क्षमतायुक्त एआई प्रणालीलाई सुरक्षित रूपमा नियन्त्रित राख्ने स्पष्ट रणनीति छैन। रिपोर्टमा जोखिम मूल्याङ्कन, पारदर्शिता, आन्तरिक समीक्षा र जिम्मेवारी निर्धारणजस्ता मुख्य क्षेत्रहरूमा कम्पनीहरूको तयारी कमजोर रहेको देखाइएको छ।

FLI का अध्यक्ष म्याक्स टेगमार्क (Max Tegmark) ले अमेरिकी एआई उद्योग ‘खानपान व्यवसायभन्दा पनि कम नियमनमा चलिरहेको’ टिप्पणी गर्दै सुरक्षा मापदण्ड कडा बनाउन उद्योग स्वयंले पर्याप्त पहल नगरेको आरोप लगाएका छन्। उनका अनुसार कम्पनीहरूले नियमनको विरोध गर्ने प्रवृत्ति देखाएकाले जोखिम बढेको छ।

अध्ययनले एआईलाई दैनिक प्रयोगमा ल्याउने प्रवृत्ति तीव्र बन्दै जाँदा पर्याप्त सुरक्षा संरचना नहुँदा सामाजिक, कानुनी र व्यवहारगत जोखिम बढ्ने चेतावनी दिएको छ। रिपोर्टले एआई कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार जोखिम मूल्याङ्कन प्रणाली, स्वतन्त्र परीक्षण र पारदर्शिता विस्तार गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

२६ चैत, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग मुद्दा दायर गर्न आवश्यक प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बत...
जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

२६ चैत, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन्। प्रहरी स्रोतका अनुसार उनलाई ...
वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

२६ चैत, काठमाडौं — निरन्तर वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपर...
सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

२५ चैत, काठमाडौं — प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन चैत २७ गते हुने तय गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामु...