सेयर बजारमा हरियाली, नेप्से ४७ अंकले बढ्दा कारोबार साढे ५ अर्ब

१३ पुस, काठमाडौं — साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। अघिल्ला दुई कारोबार दिन सामान्य वृद्धि देखिएको नेप्से आइतबार ४७.५५ अंकले बढेको हो।

गत बिहीबारको तुलनामा १.८३ प्रतिशतले वृद्धि भएसँगै नेप्से परिसूचक २ हजार ६ सय ३३.४२ विन्दुमा पुगेको छ। चार कारोबार दिनपछि नेप्से पुनः २६ सय विन्दु माथि उक्लिएको हो। यसअघि गत आइतबार १९.९२ अंकले घटेर नेप्से २ हजार ५ सय ९५.१० विन्दुमा झरेको थियो।

आइतबार २३८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको मूल्य घटेको छ। कारोबारमा आएका १३ वटै उपसमूहमा हरियाली देखिएको छ, जसमा निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन समूह अग्रस्थानमा रहे।

दिनभर ८९ हजार २५१ पटकको कारोबारमार्फत १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच भएको छ। सो कारोबारबाट कुल ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ। गत बिहीबार सेयर बजारमा ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

२६ चैत, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग मुद्दा दायर गर्न आवश्यक प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बत...
जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

२६ चैत, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन्। प्रहरी स्रोतका अनुसार उनलाई ...
वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

२६ चैत, काठमाडौं — निरन्तर वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपर...
सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

२५ चैत, काठमाडौं — प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन चैत २७ गते हुने तय गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामु...