राष्ट्रिय सभामा एमालेको नजर ७ सिटमा

२२ पुस, काठमाडौं — नेकपा एमालेले राष्ट्रिय सभाका ७ सिटमा आफ्नो दाबी प्रस्तुत गरेको छ । सोमबार सम्पन्न पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशबाट एक–एक जना पर्ने गरी ७ सिटमा एमालेको दाबी रहेको जानकारी दिए ।

तर, क्लस्टरका आधारमा उम्मेदवार तय गर्ने प्रक्रिया भने अझै बाँकी रहेको उनले बताए । उनका अनुसार, उम्मेदवार टुंग्याउने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग थप छलफल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमाले कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने सहमति भएको पनि उनले स्पष्ट पारे ।

‘हरेक प्रदेशबाट एक जना हुने गरी सात जनाको दाबी हामीले गरेका छौं, तर अन्तिम टुंगो लागिसकेको छैन,’ भट्टले भने, ‘कुन प्रदेशमा महिला को रहने भन्ने विषय पनि अझै तय भएको छैन । त्यसबारे अध्यक्षले निर्णय गर्ने अधिकार पाउनुभएको छ ।’

कांग्रेस सभापति देउवासँग छलफलपछि बाँकी नामहरू तय गरिने उनले बताए । सिट बाँडफाँडको सहमति भइसके पनि क्लस्टर अनुसार कुन उम्मेदवार कहाँ पर्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको उनको भनाइ छ । एमाले र कांग्रेसबीच राष्ट्रिय सभा निर्वाचनमा सँगै जाने सहमति कायम रहेको पनि उनले दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

२६ चैत, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग मुद्दा दायर गर्न आवश्यक प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बत...
जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

२६ चैत, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन्। प्रहरी स्रोतका अनुसार उनलाई ...
वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

२६ चैत, काठमाडौं — निरन्तर वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपर...
सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

२५ चैत, काठमाडौं — प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन चैत २७ गते हुने तय गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामु...