१९ साउन, काठमाडौं – नेपालको राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ ।
काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगको दोस्रो खेलमा नेपालले भारतलाई हराएको हो । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भारतविरुद्ध भएको खेलमा ३-२ सेटले नेपालले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।
नेपाल र भारत बीचको अन्तिम सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । नेपालले पाँचौ सेटमा १५–१३ बनाएर जित आफ्नो पक्षमा पारेको हो । यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्ष स्थानमा छ ।