विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण हुँदैन: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई

८ भदौ, काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन् ।

शनिबार बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन् । ‘विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो’, उनले भनिन्, ‘हरेक क्षेत्रमा गृह मन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।’

विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उल्लेख गर्दै उनले भनिन्, ‘गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु हुँदैन ।’

मन्त्री भट्टराई नवलपुरमा हुने कार्यक्रममा सहभागी हुन भरतपुर गएकी हुन्। -रासस

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

२६ चैत, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग मुद्दा दायर गर्न आवश्यक प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बत...
जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

२६ चैत, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन्। प्रहरी स्रोतका अनुसार उनलाई ...
वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

२६ चैत, काठमाडौं — निरन्तर वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपर...
सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

२५ चैत, काठमाडौं — प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन चैत २७ गते हुने तय गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामु...