१३ भदौ, काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले डीसी लाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस भएको थियो ।
फिल्म निर्देशक,अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् ।
अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको थियो। यसअघि बोर्ड अध्यक्ष अभिनेता एवं निर्माता भुवन केसी थिए ।