सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने ८४ दिनको हिरासत पछि धरौटीमा रिहा

२६ पुस, काठमाडौं – पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराध मुद्दामा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री, तथा रास्वपा सभापति रवि लामिछाने ६५ लाख धरौटी बुझाएर हिरासतमुक्त भएका छन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उक्त धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। लामिछाने ८४ दिन हिरासतमा बसेका थिए।

कास्की अदालतको आदेशपछि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दायर भएकाले शुक्रबार स्वयम् उपस्थित हुने कागज गर्दै उनलाई छोडिएको हो।

अन्य आरोपीहरू पनि धरौटीमा रिहा
उक्त प्रकरणमा संलग्न अन्य व्यक्तिहरूलाई पनि धरौटीमा रिहा गरिएको छ। अदालतले गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोडेको छ। यस्तै, एमालेबाट गण्डकी प्रदेशसभाकी पूर्वसदस्य मीना गुरुङ, लीला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, र आरती गुरुङलाई पनि धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

धरौटी रकम यस्ता छन्:
छविलाल जोशी: ८८ लाख
लीला पछाई: ३७ लाख
रामबहादुर खनाल: १५ लाख
कृष्णबहादुर गुरुङ: १ लाख
मीना गुरुङ: ५ लाख
आरती गुरुङ: ५ लाख

पछाईबाहेक सबैले बिहीबार धरौटी बुझाई हिरासतमुक्त भएका छन्। धरौटी बुझाउन नसकेकी लीला पछाईलाई भने कास्की कारागार चलान गरिएको छ। परिवारले धरौटी रकम बुझाएपछि उनलाई थुनामुक्त गरिनेछ।

काठमाडौंको मुद्दा र थप प्रक्रियाहरू
लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा समेत मुद्दा दायर गरिएको छ। उनलाई कास्की प्रहरीले श्रीमती निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको जिम्मा लगाएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *