अध्यक्ष दाहालको दाबी: वर्तमान सरकार अघि बढ्न असमर्थ

२६ पुस, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दाबी गरेका छन्। शुक्रबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन्।

दाहालले अहिलेको सरकारलाई “अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी”को संज्ञा दिँदै यो सरकार धेरै समय टिक्न नसक्ने धारणा राखे। उनले भने, “यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ। मैले यो कुरा संसद् र बाहिर पनि गम्भीरताका साथ भनेको छु। अप्राकृतिक गठबन्धन भएकाले अब यो सरकार अघि बढ्न सक्दैन।”

समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउने योजना

दाहालले समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउने विषयमा छलफल भइरहेको जानकारी पनि दिए। “समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउन आवश्यक छ। यही विषयमा मुख्य रूपमा कुरा भइरहेको छ। माघ २ गते समाजवादी मोर्चाको बैठक बस्दैछ, त्यसमा मोर्चालाई कसरी सक्रिय पार्न सकिन्छ भन्नेबारे छलफल हुनेछ,” उनले भने।

दाहालको यो भनाइले सरकारको स्थायित्व र राजनीतिक समीकरणबारे थप बहसको सुरुवात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *