अध्यक्ष लिङ्देनको आरोप: ‘सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा लागेको छ’

१८ माघ, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नै भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिलेसम्मको अवस्था हेर्दा सरकार भ्रष्टाचार रोक्नभन्दा पनि भ्रष्टाचारीलाई जोगाउन सक्रिय देखिएको बताए।

“प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरिका व्यक्तिहरूले विभिन्न पदहरूमा करोडौं रुपैयाँको अफर गरिरहेका छन्। प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’ भन्नुहुन्छ, तर उहाँकै वरिपरिकाले गरिरहेका छन्,” लिङ्देनले आरोप लगाए।

प्रधानमन्त्री ओलीले संसद् बैठकमा आफूले भ्रष्टाचार नगरेको प्रमाणित गर्न चुनौती दिएका थिए। उनले “कसैसँग प्रमाण छ भने ल्याओस्,” भन्दै आफू स्वच्छ रहेको दाबी गरेका थिए। तर, लिङ्देनले भने सरकारको कार्यशैलीले भ्रष्टाचारलाई बढावा दिएको स्पष्ट संकेत गरेको जिकिर गरे।

उनले भ्रष्टाचारसम्बन्धी ऐन अनुसार कुनै पनि पदाधिकारी पदबाट बाहिरिएपछि पाँच वर्षभित्र मात्रै उजुरी गर्न मिल्ने प्रावधान राख्न खोजिएकोमा आपत्ति जनाए।

सरकारले ६ महिनाको उपलब्धि भनेर प्रस्तुत गरेका कामहरू पहिले नै हुने निश्चित रहेको उल्लेख गर्दै लिङ्देनले व्यंग्य गर्दै भने, “सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु वा बंगलादेशसँग भएको विद्युत् व्यापार सम्झौता यो सरकार नभएको भए पनि हुने नै थियो। कांग्रेस र एमाले मिलेर बनेको सरकारले गरेको उपलब्धि यही मात्र हो भने, देशमा सरकार छैन भन्नु नै उचित हुन्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

जाजरकोटमा जिप दुर्घटना

जाजरकोटमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
अब देश बनाउन युवाहरू नै अघि सर्नेछन् : खरेल

अब देश बनाउन युवाहरू नै अघि सर्नेछन् : खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
मृत्युको कारणमा सहमति नहुँदा सेती अस्पतालमा तनाव

मृत्युको कारणमा सहमति नहुँदा सेती अस्पतालमा तनाव

२५ पुस, काठमाडौं — सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएपछि मृत्यु भएकी एक महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावर...
विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

२४ पुस, काठमाडौं — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा हुने दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनक...