प्रचण्डको चेतावनी: निरंकुश प्रवृत्तिविरुद्ध कडा कारबाहीको समय आएको छ

१६ चैत, काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई निरंकुशतावादी र आपराधिक प्रवृत्तिमाथि कठोर कारबाही गर्नुपर्ने समय आएको बताएका छन्।

शनिबार (चैत १६) काठमाडौंमा प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन उद्घाटन गर्दै उनले सरकारको कडा कदमलाई आफूहरूको पूर्ण समर्थन रहने बताए।

“यो उपयुक्त समय हो,” प्रचण्डले भने, “गणतन्त्रवादीहरूले निरंकुश प्रवृत्तिमाथि कडा कारबाही गरेर आफूलाई सुधार्ने र जनताको हितमा अघि बढ्ने अवसर यही हो। सरकारले यदि कठोर निर्णय लिन्छ भने हाम्रो साथ रहनेछ।”

उनले भ्रष्टाचारविरुद्ध सरकार दृढ हुनुपर्नेमा जोड दिँदै सम्झौता र चलखेलले गणतन्त्रलाई कमजोर पार्ने चेतावनी दिए।

समाजवादी मोर्चाको प्रदर्शनले सम्भावित दुर्घटना टारेको दाबी

प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार (चैत १५) गरेको प्रदर्शनले राजावादीहरूद्वारा ठूलो दुर्घटना हुनबाट जोगाएको बताए।

“यदि समाजवादी मोर्चाले ५० हजार जनता सडकमा नउतारेको भए, परिस्थिति भयावह बन्न सक्थ्यो,” उनले भने, “धेरै जनधनको क्षति हुनबाट बचियो, यद्यपि केही क्षति त भयो नै।”

उनले गणतन्त्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “गणतन्त्रवादीहरू आफैं सही बाटोमा हिँड्न सके मात्र एकता सम्भव छ। गणतन्त्रकै पक्षधरहरू विरोधी बने भने एकता कसरी सम्भव हुन्छ?”

उनले ‘विवेकशून्य’ प्रवृत्ति मौलाइरहेको भन्दै सरकारलाई अहिले नै ठोस निर्णय लिन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

जाजरकोटमा जिप दुर्घटना

जाजरकोटमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
अब देश बनाउन युवाहरू नै अघि सर्नेछन् : खरेल

अब देश बनाउन युवाहरू नै अघि सर्नेछन् : खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
मृत्युको कारणमा सहमति नहुँदा सेती अस्पतालमा तनाव

मृत्युको कारणमा सहमति नहुँदा सेती अस्पतालमा तनाव

२५ पुस, काठमाडौं — सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएपछि मृत्यु भएकी एक महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावर...
विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

२४ पुस, काठमाडौं — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा हुने दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनक...