२०८३ आश्विन २३
२०८३ आश्विन २३
२३ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत मागेका छन्। थापाले प्रदर्शनीमार्ग र खुलामञ्चबाहिर मतदानका लागि लाइनमा बसेका प्रतिनिधिहरूसँग भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका हुन्। सभापति पदका लागि थापा र काठमाडौं क्षेत्र नम्बर ६ का महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा भइरहेको छ। निर्वाचन कार्यतालिकाअनुसार आज अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ।