अब देश बनाउन युवाहरू नै अघि सर्नेछन् : खरेल

Advertisement

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावकारी उपस्थिति रहने दाबी गरेका छन् । शुक्रबार आफ्नो मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले यस्तो अनुमान व्यक्त गरेका हुन् ।

फागुन २१ गते निर्वाचन हुने उल्लेख गर्दै उनले भने, “चुनावपछि एउटा कुरा स्पष्ट हुन्छ—अहिले सबै दलले युवाहरूका लागि कोटा तोकेका छन् । यही नै आशाको विषय हो । म आधारहीन कुरा गरिरहेको छैन । यसपटक संसद् वा सरकार जुनसुकै पार्टीबाट बने पनि युवाहरूको वर्चश्व रहने निश्चित छ ।”

मन्त्री खरेलले तोकिएको मितिमै निर्वाचन सम्पन्न हुने र त्यसपछि बन्ने संसद् तथा सरकारमा युवाहरूको सशक्त उपस्थिति रहने भएकाले सूचना प्रविधि क्षेत्रको विकासमा त्यसले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनका अनुसार संसद् र सरकार दुवैमा युवाहरूको अग्रसरता हुनु मुलुकका लागि सकारात्मक संकेत हो ।

“युवाहरूको वर्चश्व हुनु यो विभागका लागि पनि खुशीको कुरा हो । संसद्को समितिमा होस् वा सरकारमै, अब नेपाल बनाउन आईसीटीतर्फ अघि बढ्नैपर्छ भन्ने आवाज उठ्छ,” उनले भने, “म मन्त्रीको हैसियतले तपाईंहरूसँग काम गर्ने अवधिसम्म कुनै पनि काम अनावश्यक रूपमा रोकिँदैन । अड्किएर काम अगाडि बढ्दैन, त्यसैले यहाँबाट हुने सबै पहलमा मेरो सहमति रहनेछ ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बूढीगण्डकीमा आकस्मिक बाढी, घरटहरामा पनि पस्यो पानी

बूढीगण्डकीमा आकस्मिक बाढी, घरटहरामा पनि पस्यो पानी

२५ असोज, काठमाडौं — गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। प्रह...
मतदानस्थलमा गगन थापा, प्रतिनिधिसँग मागे भोट

मतदानस्थलमा गगन थापा, प्रतिनिधिसँग मागे भोट

२३ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत ...
खड्गीको अपिल : ‘निष्पक्ष र निर्भय भएर मतदान गर्नुहोस्’

खड्गीको अपिल : ‘निष्पक्ष र निर्भय भएर मतदान गर्नुहोस्’

२२ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब वा प्रभावमा नपर...
कारबाहीमा परेका म्यानपावर व्यवसायीले छुट्टै संघ खोल्ने तयारी

कारबाहीमा परेका म्यानपावर व्यवसायीले छुट्टै संघ खोल्ने तयारी

२२ असोज, काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघ विभाजनको सँघारमा पुगेको छ। मलेसियाले २७५ म्यानपावर व्यवसायीलाई ‘फरेन वर्कर ...