एनपीएलमा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो वर्ष फाइनलमा, विराटनगर किंग्स ७७ रनले पराजित

२३ मंसिर, काठमाडौं — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो सिजन फाइनलमा प्रवेश गरेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न क्वालिफायर–१ मा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको हो। गत सिजन पनि सुदूरपश्चिमले क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई हराएर फाइनल पुगेको थियो ।

पराजित विराटनगरले भने अब क्वालिफायर–२ खेल्नेछ । त्यसमा उसको प्रतिद्वन्द्वी इलिमिनेटरको विजेता हुनेछ । इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स बुधबार खेल्दैछन् । जितका लागि १ सय ५६ रनको लक्ष्य पाएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाएर अलआउट भयो । यससँगै सुदूरपश्चिमले लिग चरणमा विराटनगरसँग बेहोरेको एक मात्र हारको बदला पनि लिएको छ ।

विराटनगरका फाफ डु फ्लेसिस ३६ रन बनाएर स्कट कुग्लेनको बलमा दीपेन्द्रसिंह ऐरीले क्याच लिएपछि विराटनगरको एकोहोरा हार औपचारिकता मात्र बनेको थियो । उनी नै सर्वाधिक रन बनाउने खेलाडी रहे । ओपनरका रूपमा फ्लेसिसले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । विराटनगरको सुरुआत राम्रो रहेन् र ओपनर साम हेजलेट इनिङ्सको पहिलो बलमै आउट भए । लगतै मार्टिन गुपटिल दुई रन बनाएर आउट भए ।

नरेन भट्ट पनि आफ्नो खाता खोल्न असफल रहे । यस्तोमा विराटनगर तीन रन बनाउँदा तीन विकेट गुमाएको थियो । स्कोरले ४२ रन छुँदा बासिर अहमद दीपेन्द्रसिंह ऐरीको बलमा उनीद्वारा नै समातिए । मिलन बोहराले लोकेश बमलाई पाँच रनको व्यक्तिगत स्कोरमा आउट गरेपछि विराटनगरले ५० रन बनाउँदा पाँच विकेट गुमाएको थियो । नारायण जोशी पनि एक रन मात्र बनाए आउट भए भने प्रतीश जीसीले रनआउट हुन अगाडि तीन रन मात्र थपे । मर्चेन्ट डि ल्याङ्गेको ब्याटबाट अन्त्यतिर १५ रन निस्केको थियो ।

त्यस अगाडि ओपनर विनोद भण्डारीको अर्धशतकको मदद्तले सुदूरपश्चिमले सात विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । उनले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनको यस सिजन यो दोस्रो अर्धशतक हो । उनलाई छाडेर अरूले गतिलो योगदान गर्न सकेनन् । आफ्नो पहिलो खेल खेलिरहेका अर्का ओपनर पाकिस्तानी ब्याटर मुख्तार अहजमले १० रन मात्र बनाए ।

यस्तै सेल्डन ज्याक्सनले पनि पहिलो खेल खेल्ने क्रममा ११ बलमा २० रन जोडे । इशान पाण्डे भने १३ रन बनाएर हेजलेटको बलमा आउट भए । नरेन भट्टले त्यसमा बाउन्ड्रीमा सनसनीपूर्ण क्याच लिए । दीपेन्द्रसिंह ऐरीले पनि धेरै ठूलो योगदान दिन सकेनन् र उनी तीन रन मात्र बनाएर रनआउट भए । हरमित सिंहले १४ रन मात्रै बनाउन सके । आरिफ सेखले इनिङ्सको अन्त्यति २० रन बनाए । विराटनगरको बलरमध्ये प्रतिश र ल्याङ्गेले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२६ असार, काठमाडौं — फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकपमा सबैभन्दा छिटो २० गोल पूरा गर्ने खेलाडी बनेका छन्। साथै, उनी वि...
बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

२६ असार, काठमाडौं — पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको अवस्था अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन नगर प्र...
सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

२५ असार, काठमाडौं — सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘...
विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त...