प्रचण्डको चेतावनी: निरंकुश प्रवृत्तिविरुद्ध कडा कारबाहीको समय आएको छ

१६ चैत, काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई निरंकुशतावादी र आपराधिक प्रवृत्तिमाथि कठोर कारबाही गर्नुपर्ने समय आएको बताएका छन्।

शनिबार (चैत १६) काठमाडौंमा प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन उद्घाटन गर्दै उनले सरकारको कडा कदमलाई आफूहरूको पूर्ण समर्थन रहने बताए।

“यो उपयुक्त समय हो,” प्रचण्डले भने, “गणतन्त्रवादीहरूले निरंकुश प्रवृत्तिमाथि कडा कारबाही गरेर आफूलाई सुधार्ने र जनताको हितमा अघि बढ्ने अवसर यही हो। सरकारले यदि कठोर निर्णय लिन्छ भने हाम्रो साथ रहनेछ।”

उनले भ्रष्टाचारविरुद्ध सरकार दृढ हुनुपर्नेमा जोड दिँदै सम्झौता र चलखेलले गणतन्त्रलाई कमजोर पार्ने चेतावनी दिए।

समाजवादी मोर्चाको प्रदर्शनले सम्भावित दुर्घटना टारेको दाबी

प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार (चैत १५) गरेको प्रदर्शनले राजावादीहरूद्वारा ठूलो दुर्घटना हुनबाट जोगाएको बताए।

“यदि समाजवादी मोर्चाले ५० हजार जनता सडकमा नउतारेको भए, परिस्थिति भयावह बन्न सक्थ्यो,” उनले भने, “धेरै जनधनको क्षति हुनबाट बचियो, यद्यपि केही क्षति त भयो नै।”

उनले गणतन्त्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “गणतन्त्रवादीहरू आफैं सही बाटोमा हिँड्न सके मात्र एकता सम्भव छ। गणतन्त्रकै पक्षधरहरू विरोधी बने भने एकता कसरी सम्भव हुन्छ?”

उनले ‘विवेकशून्य’ प्रवृत्ति मौलाइरहेको भन्दै सरकारलाई अहिले नै ठोस निर्णय लिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिल...
एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फर...
मुग्लिन–नारायणगढ सडकमा दुर्घटना, उद्धार कार्य जारी

मुग्लिन–नारायणगढ सडकमा दुर्घटना, उद्धार कार्य जारी

३ साउन, काठमाडौं — चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक भएको बस दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्। ...
वाग्मतीमा आजदेखि ८ मन्त्रालय लागू, ६ मन्त्री विनाविभागीय

वाग्मतीमा आजदेखि ८ मन्त्रालय लागू, ६ मन्त्री विनाविभागीय

१ साउन, काठमाडौं — वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ कायम गर्ने निर्णय आजदेखि कार्यान्वयनमा ल्याएको छ। मन्...