भारतको गोवामा नाइट क्लबमा लागेको भीषण आगोले चार नेपालीसहित २५ जनाको मृत्यु

Advertisement

२२ मंसिर, काठमाडौं — भारतको गोवाको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार मध्यरात लागेको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु भएको खुलासा भएको छ। घटनामा ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमध्ये २० जना क्लबका कर्मचारी रहेको र तीमध्ये चार जना नेपाली नागरिक भएको विवरण गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

हिन्दुस्तान टाइम्सका अनुसार आगलागीमा ज्यान गुमाउने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप रहेका छन्। उनीहरू नेपालका नागरिक भए पनि ठेगाना खुलाइएको छैन। गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ।

अधिकारीहरूको भनाइअनुसार क्लबमा नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगो लागेको हो। साँघुरा बाटोका कारण दमकल समयमै पुग्न नसक्दा आगो नियन्त्रण गाह्रो भएको थियो।

नाइट क्लबमा धेरैजसो मानिस भुइँतला र भान्सातिरै फसेर ज्यान गुमाएको पाइएको छ। केहीको जलेर र केहीको धुँवाले निसासिएर मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

प्रारम्भिक अनुसन्धानले क्लब आवश्यक सुरक्षा मापदण्ड नपुर्याई अवैध रूपमा सञ्चालन भइरहेको तथ्य फेला पारेको छ।

गोवा प्रहरीले क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ। मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ। साथै, नियम विपरीत क्लब सञ्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारीलाई निलम्बन गरिएको छ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानहरूको अडिट गरिने बताएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार क्लब अत्यधिक भीडिएको थियो र आगो सुरु भएको केही मिनेटमै सम्पूर्ण संरचना जलेर नष्ट भएको थियो। आगोका कारण ग्याँस सिलिन्डर समेत विष्फोट हुँदा स्थिति झन् भयावह बनेको थियो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बूढीगण्डकीमा आकस्मिक बाढी, घरटहरामा पनि पस्यो पानी

बूढीगण्डकीमा आकस्मिक बाढी, घरटहरामा पनि पस्यो पानी

२५ असोज, काठमाडौं — गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। प्रह...
मतदानस्थलमा गगन थापा, प्रतिनिधिसँग मागे भोट

मतदानस्थलमा गगन थापा, प्रतिनिधिसँग मागे भोट

२३ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत ...
खड्गीको अपिल : ‘निष्पक्ष र निर्भय भएर मतदान गर्नुहोस्’

खड्गीको अपिल : ‘निष्पक्ष र निर्भय भएर मतदान गर्नुहोस्’

२२ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब वा प्रभावमा नपर...
कारबाहीमा परेका म्यानपावर व्यवसायीले छुट्टै संघ खोल्ने तयारी

कारबाहीमा परेका म्यानपावर व्यवसायीले छुट्टै संघ खोल्ने तयारी

२२ असोज, काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघ विभाजनको सँघारमा पुगेको छ। मलेसियाले २७५ म्यानपावर व्यवसायीलाई ‘फरेन वर्कर ...