विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा रिट दायर

५ जेठ, काठमाडौं — नेपाल विद्यार्थी संघका नेताहरूले विश्वविद्यालय र क्याम्पस परिसरबाट दलसम्बद्ध विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

रिटमा उत्प्रेषण, परमादेश, प्रतिषेध लगायत आवश्यक आदेश जारी गर्न माग गरिएको छ ।

नेपाल विद्यार्थी संघका केन्द्रीय कार्यालयका मुख्य सचिव विजय खड्का र कानुन विभाग प्रमुख हृदयराज मिश्रले उक्त रिट दायर गरेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, विश्वविद्यालय समन्वय समिति तथा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूलाई विपक्षी बनाइएको छ ।

रिट निवेदनमा मन्त्रिपरिषद्ले २०८२ वैशाख १३ गते ‘शासकीय सुधारका १०० कार्ययोजना’ अन्तर्गत विश्वविद्यालय तथा क्याम्पसबाट दलसम्बद्ध विद्यार्थी संगठन हटाउने निर्णय संविधानविपरीत रहेको दाबी गरिएको छ ।

त्यस्तै शिक्षा मन्त्रालय र विश्वविद्यालय समन्वय समितिले जारी गरेका निर्देशनहरू पनि विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने उद्देश्यले ल्याइएको आरोप रिटमा उल्लेख गरिएको छ ।

निवेदकहरूले नेपालको संविधानको धारा १७ र १८ अनुसार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, संघ–संस्था खोल्ने अधिकार तथा राजनीतिक सहभागिताको हक सुनिश्चित गरिएको उल्लेख गरेका छन् ।

उनीहरूले विद्यार्थी संगठनमाथि मात्र प्रतिबन्ध लगाइनु समानताको सिद्धान्तविपरीत भएको दाबी पनि गरेका छन् ।

रिटमा त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियमावली, नेपाली कांग्रेसको विधान र राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाले विद्यार्थी संगठनको वैधानिक अस्तित्वलाई स्वीकार गरेको उल्लेख गरिएको छ ।

साथै अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी विभिन्न दस्ताबेजहरूको पनि उल्लेख गरिएको छ ।

निवेदकहरूले सरकारका निर्णय, परिपत्र तथा निर्देशन खारेज गर्न, विद्यार्थी संगठनलाई पहिलेकै रूपमा गतिविधि सञ्चालन गर्न दिन तथा भविष्यमा यस्ता प्रतिबन्धात्मक निर्णय नगर्न विपक्षीका नाममा परमादेश जारी गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२६ असार, काठमाडौं — फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकपमा सबैभन्दा छिटो २० गोल पूरा गर्ने खेलाडी बनेका छन्। साथै, उनी वि...
बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

२६ असार, काठमाडौं — पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको अवस्था अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन नगर प्र...
सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

२५ असार, काठमाडौं — सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘...
विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त...