वैशाख ६ देखि रामेछापमा तेश्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ) हुँदै

१५ चैत्र, रामेछाप – वैशाख ६ देखि ८ गतेसम्म रामेछाप नगरपालिकामा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ)को तेस्रो संस्करण हुने भएको छ।
मन्थलीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव हुने जानकारी दिइएको हो ।

ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, लघु फिल्म, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका फिल्महरु महोत्सवमा प्रदर्शन हुनेछन् ।

महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले नेपाली फिल्म पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रम समेत हुने जानकारी पत्रकार सम्मेलनमा दिए ।

रामेछाप नगरपालिकाको सभा हलमा आयोजना हुने महोत्सवमा २ दर्जनभन्दा बढी फिल्म प्रदर्शन गरिनेछ ।

आयोजकले महोत्सव फिल्मप्रति रुचि हुने दर्शकका लागि महोत्सव फलदायी सावित हुने र नेपाली फिल्मको प्रचार-प्रसारमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२६ असार, काठमाडौं — फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकपमा सबैभन्दा छिटो २० गोल पूरा गर्ने खेलाडी बनेका छन्। साथै, उनी वि...
बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

२६ असार, काठमाडौं — पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको अवस्था अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन नगर प्र...
सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

२५ असार, काठमाडौं — सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘...
विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त...