डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

२१ कात्तिक, काठमाडौं – डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

बुहमत सिट (२७०)भन्दा बढी सिट जित्दै ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा हुने भनिए पनि ट्रम्पले सहज जित हासिल गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार ट्रम्पले २७७ सिट सुनिश्चित गर्दा कमला २२४ सिट जितेकी छन् । आठ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए । पछिल्लो निर्वाचनमा भने उनी जो बाइडेनसँग पराजित भएका थिए ।

ट्रम्पले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरेका छन् । उनले अमेरिकाको हितमा काम गर्ने बताएका छन् । ‘यो अमेरिकी जनताको शानदार जित हो । यसले अमेरिकालाई अझ सक्षम बनाउन मद्धत गर्नेछ। यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ,’ सम्बोधनमा उनले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

कांग्रेसको डिजिटल सदस्यता अभियान तीव्र

कांग्रेसको डिजिटल सदस्यता अभियान तीव्र

३ जेठ, काठमाडौं — नेपाली कांग्रेसले ३० वर्षमुनिका युवालाई आवेदन दिनेबित्तिकै सिधै क्रियाशील सदस्यता दिने व्यवस्था सुरु गरेको छ । ...
सरकारलाई सतर्क रहन प्रचण्डको सुझाव

सरकारलाई सतर्क रहन प्रचण्डको सुझाव

३ जेठ, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही दिशामा अगाड...
‘३ लाख नदिए विदेश जान पाउँदैनौ’ भन्दै दबाब दिने एजेन्ट पक्राउ

‘३ लाख नदिए विदेश जान पाउँदैनौ’ भन्दै दबाब दिने एजेन्ट पक्राउ

३ जेठ, काठमाडौं — सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको उडान वैशाख २९ गते तय गरिएको थियो । सरक...
आगामी आर्थिक योजनाबारे उच्चस्तरीय छलफल

आगामी आर्थिक योजनाबारे उच्चस्तरीय छलफल

१ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच शुक्रबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्...