‘सरकारले आफ्नो दायित्व भुल्नु हुँदैन’: शेरबहादुर देउवा

‘सरकारले आफ्नो दायित्व भुल्नु हुँदैन’: शेरबहादुर देउवा

२८ साउन, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतको सम्मान गर्नुपर्ने बताएका छन्। सिंगापुरमा उपचार गराएर आजै स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै परिवर्तन सहज नहुने आफूले राम्रोसँग बुझेको बताएका छन्। उनले सरकारले आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा अघि बढे त्यसले मुलुकको हित नगर्ने बताएका हुन्। ‘परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन; यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उनले भनेका छन्। देउवाले सरकार आफ्नो जिम्मेवारीबाट विमुख भएर राजनीतिक आग्रह–पूर्वाग्रहमा लागे…
Read More
खाना पकाउने ग्यासको अभावप्रति राष्ट्रिय सभा अध्यक्षको चासो

खाना पकाउने ग्यासको अभावप्रति राष्ट्रिय सभा अध्यक्षको चासो

२७ साउन, काठमाडौं — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बजारमा ग्यासको सहज आपूर्ति र बिक्री–वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन्। बैठकको शून्य तथा विशेष समयमा राष्ट्रिय सभा सदस्यहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको विषय उठाएका थिए। जनस्तरबाट समेत ग्यास अभावबारे व्यापक गुनासो आइरहेको भन्दै अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘शून्य समय र विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकाले…
Read More
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनसँग करिब ३५ मिनेट कुराकानी गरेका थिए। भेटपछि सभामुख अर्याल सिंहदरबारबाट बाहिरिएका छन्। आज प्रतिनिधिसभाको बैठक बस्दैछ।
Read More
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेको छ। कांग्रेस सांसद रेनुका काउचाले सोमबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै संसद्मा उठिरहेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै माग गरिएको बताइन्। यसबाट सभामुख र प्रधानमन्त्री पदको गरिमा कायम राख्न खोजिएको उनको भनाइ थियो। उनले सभामुखसँग आग्रह गर्दै भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्। हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौं। हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौं। हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौं।’ काउचाले प्रधानमन्त्री शाह एक्लै नरहेको भन्दै राष्ट्रिय हितका विषयमा सरकार अघि…
Read More
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार मध्याह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच शिष्टाचार भेट भएको हो। प्रधानमन्त्री शाहलाई भेट्न भारतीय राजदूत श्रीवास्तव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा आपसी सहकार्यका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दुवै देशको साझा हितका क्षेत्रमा सहकार्य…
Read More
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनीतिक दलले सरकारलाई सही बाटोमा ल्याउने क्षमता राख्ने बताएका छन्। नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा शनिबार बोल्दै लामिछानेले सरकार आफ्नो बाटोबाट बाहिरिए पुनः सही दिशामा ल्याउने बताए। उनले भने, ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। सरकारले काम गरेनछ भने हामीसँग राजनीतिक पार्टी छ। बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्छ।’ लामिछानेले सरकारको यात्रामा कहिलेकाहीँ राजनीतिक उतारचढाव आउन सक्ने भए पनि त्यसलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको बताए। जहाज बादलभित्र प्रवेश गर्दा…
Read More
सरकार गठनको दौडबाट बाहिरियो राप्रपा

सरकार गठनको दौडबाट बाहिरियो राप्रपा

२२ साउन, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको सत्ता समीकरणको गणितीय खेलमा सहभागी नहुने निर्णय गरेको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। बिहीबार राति अबेर सम्पन्न बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकार गठनका लागि भइरहेको सत्ता समीकरण र अंकगणितको खेलमा सहभागी नहुने तथा सरकार गठनको दौडमा नरहने निर्णय गरेको जनाएको छ। दलका नेता उद्धव थापाका अनुसार राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट भएको निर्णय र निर्देशनअनुसार बागमती प्रदेश सरकारमा सहभागी नहुने प्रस्ताव संसदीय दलको बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो। यसअघि एमालेले कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई…
Read More
जनविश्वास गुमेपछि सरकारले ध्यान मोड्न खोजिरहेको कांग्रेसको दाबी

जनविश्वास गुमेपछि सरकारले ध्यान मोड्न खोजिरहेको कांग्रेसको दाबी

२० साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार नैतिक र राजनीतिक संकटमा परेका बेला समस्या समाधान गर्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने प्रयास गरिरहेको आरोप लगाएको छ। बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनविश्वास गुमाउँदै जाँदा त्यसको समाधान खोज्नुभन्दा नयाँ–नयाँ विषय अघि सारेर मूल मुद्दाबाट ध्यान हटाउन खोजिरहेको बताएका हुन्। उनले भने, "नेपालको सन्दर्भमा सरकार नैतिक संकटमा परेपछि, राजनीतिक अक्षमता देखिएपछि वा जनविश्वासको संकट बढेपछि समस्या समाधान गर्नेभन्दा अर्को विषय सिर्जना गरेर ध्यान मोड्ने प्रवृत्ति देखिन्छ। अहिले सरकारले पनि त्यही चलाखी अपनाइरहेको छ।" प्रवक्ता चालिसेका अनुसार सरकारले जतिसुकै विषयान्तर गर्न खोजे पनि…
Read More
साउन २२ को बैठकअघि कार्यव्यवस्था समितिको छलफल

साउन २२ को बैठकअघि कार्यव्यवस्था समितिको छलफल

२० साउन, काठमाडौं — प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियारका अनुसार बैठक दिउँसो १ बजे सिंहदरबारमा आयोजना हुनेछ। बैठकमा प्रतिनिधि सभाको आगामी कार्यतालिकाबारे छलफल गरिने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको अर्को बैठक भने साउन २२ गते बस्ने तय गरिएको छ।
Read More
भारत–चीनले लिपुलेकबाट व्यापार थाले, नेपालले कूटनीतिक पहल गर्ने संकेत

भारत–चीनले लिपुलेकबाट व्यापार थाले, नेपालले कूटनीतिक पहल गर्ने संकेत

  १९ साउन, काठमाडौं — भारत र चीनले नेपाली दाबी रहेको लिपुलेक नाका हुँदै परम्परागत सीमा व्यापार पुनः सञ्चालन गरेका छन्। कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको व्यापार उत्तराखण्डको लिपुलेक र हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट पुनः सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार लिपुलेक नाकाबाट पहिलो चरणमा १६ जना भारतीय व्यापारी र चार जना सहयोगी तिब्बत प्रवेश गरेका छन्। त्यस्तै, शिप्की–ला नाकाबाट पनि पहिलो समूहका व्यापारी तिब्बततर्फ प्रस्थान गरेका छन्। भारत र चीनबीच जुन १ देखि व्यापार पुनः सञ्चालन गर्ने सहमति भए पनि पूर्वाधार र प्रशासनिक तयारी अपुग भएकाले त्यसबेला कार्यान्वयन हुन सकेको थिएन। नेपालको असहमति…
Read More