कोभिड-१९ र यसको नयाँ भेरियन्ट बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सतर्कता अपनाउन आग्रह

८ पौष, काठमाण्डौं – कोभिड-१९ र यसको नयाँ भेरियन्ट ‘जेएन.१’ तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ । 

दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो संक्रमणबारे सजग रहन र सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको हो । 

‘कोभिड-१९ भाइरस विश्वव्यापी रुपमा फैलिइरहेको छ । अध्ययन अनुसार यसको नयाँ भेरियन्टको ‘जेएन.१’बाट जोखिम कम हुने आंकलन छ । तर संक्रमणबाट बच्नका लागि नियमित निगरानी र सतर्कता अपनाउन आवश्यक छ,’ डब्लूएचओका दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले भनेका छन् ।

उनका अनुसार डब्लुएचओले प्राप्त गरेको तथ्यांकमा ‘जेएन.१’ फैलिने दर उच्च छ, र विश्वव्यापी बढ्दो दरमा छ । विशेषगरी यतिबेला जाडो मौसम हुने देशहरुमा अन्य भाइरल र ब्याक्टेरियाको संकमण हुने र त्यही बीचमा कोभिड-१९ ले पनि संक्रमण गर्न सक्ने डब्लूएचओको अनुमान छ । ‘चिसोका कारण विभिन्न समस्याहरु देखिन सक्छन् । त्यसकारण सामान्य अस्वस्थता हुने बित्तिकै चिकित्सकको सल्लाह लिइहाल्नु उपयुक्त हुन्छ,’ डा.क्षेत्रपाल सिंहले भने ।

कोभिडको नयाँ भेरियन्ट ‘जेएन.१’ भारतमा पुष्टि भइसकेको छ । तर नेपालमा भने अहिलेसम्म यसको संक्रमण पुष्टि भइसकेको छैन । यद्यपि कोभिड-१९ को संक्रमणका केसहरु भने छिटपुट देखिरहेका छन् । डब्लूएचओले जोखिममा रहेका व्यक्तिहरुले कोभिड-१९ र इन्फ्लुएन्जा विरुद्धको खोप लगाउनु उपयुक्त हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, ‘उठेका सबै विषयमा संवाद हुन्छ’

भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, ‘उठेका सबै विषयमा संवाद हुन्छ’

२२ जेठ, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्...
एक महिना बित्न लाग्दा पनि आठ अध्यादेश स्वीकृतिको प्रक्रिया अघि बढेन

एक महिना बित्न लाग्दा पनि आठ अध्यादेश स्वीकृतिको प्रक्रिया अघि बढेन

२२ जेठ, काठमाडौं — सरकारले संसद्‌मा पेश गरिएका आठ वटा अध्यादेशलाई स्वीकृत गराउने प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरह...
धार्मिक व्यवस्थामा कुनै परिवर्तन नगर्न पूर्वप्रधानन्यायाधीश रेग्मीको सुझाव

धार्मिक व्यवस्थामा कुनै परिवर्तन नगर्न पूर्वप्रधानन्यायाधीश रेग्मीको सुझाव

२२ जेठ, काठमाडौं — पूर्वप्रधानन्यायाधीश तथा पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा संविधानको मूल मर्म, प्...
भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

२० जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर...