बालकुमारीघटनामाज्यानगुमाउनेकापरिवारलाई १० लाखराहतदिने सरकारको निर्णय

१४ पौष, काठमाण्डौं – सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्।

साथै, घटनामा परी घाइते भएकाहरूको सम्पूर्ण खर्च नेपाल सरकारले नै व्यहोर्ने भएको छ। ‘मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने, उक्त घटनामा परी घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने,’ मन्त्रिपरिषद्को निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई संयमित र प्रभावकारी बनाउने निर्णय बैठकबाट गरिएको छ ।

आउँदा दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको उनले बताइन् । घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन बैठकबाट आह्वान गरिएको उनले जानकारी दिइन् । घटनाको छानबिनका आधारमा सरकार अघि बढ्ने उनको भनाइ छ ।

रोजगारीका लागि दक्षिण कोरिया जाने परीक्षाका लागि आवेदन दिन नपाएपछि शुक्रबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, ‘उठेका सबै विषयमा संवाद हुन्छ’

भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, ‘उठेका सबै विषयमा संवाद हुन्छ’

२२ जेठ, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्...
एक महिना बित्न लाग्दा पनि आठ अध्यादेश स्वीकृतिको प्रक्रिया अघि बढेन

एक महिना बित्न लाग्दा पनि आठ अध्यादेश स्वीकृतिको प्रक्रिया अघि बढेन

२२ जेठ, काठमाडौं — सरकारले संसद्‌मा पेश गरिएका आठ वटा अध्यादेशलाई स्वीकृत गराउने प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरह...
धार्मिक व्यवस्थामा कुनै परिवर्तन नगर्न पूर्वप्रधानन्यायाधीश रेग्मीको सुझाव

धार्मिक व्यवस्थामा कुनै परिवर्तन नगर्न पूर्वप्रधानन्यायाधीश रेग्मीको सुझाव

२२ जेठ, काठमाडौं — पूर्वप्रधानन्यायाधीश तथा पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा संविधानको मूल मर्म, प्...
भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

२० जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर...