लोकतान्त्रिक  गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको छैन: पुष्पकमल दाहाल

१६ पौष, काठमाण्डौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संसारमा मानव जातिले लोकतान्त्रिक  गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको दाबी गरेका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले गणतन्त्रका पक्षधर दलहरूले जनतालाई गणतन्त्रको महत्व अनुभूति गराउन नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।

‘संसारमा मानव जातिले विकास गरेको सबैभन्दा उच्चतम राजनीतिक व्यवस्था भनेकै लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्रभन्दा राम्रो व्यवस्था अहिलेसम्म मानव जातिले विकास गरेकै छैन,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘त्यसकारण लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउनु निरर्थक छ । यो कुरालाई हामीले बुझ्न र बुझाउन सकिरहेका छैनौँ कि भन्ने लागिरहेको छ ।’

उनले गणतन्त्रको विकल्प गणतन्त्र र थप उन्नत गणतन्त्र मात्रै हुन सक्ने बताए । ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्रको विकल्प अझ विकसित लोकतन्त्र वा गणतन्त्र मात्रै हुनसक्छ । हामीले जनतालाई लोकतन्त्रको अनुभूति गराउन सकेनौँ कि भनेर हामीले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको मैले ठानेको छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, ‘उठेका सबै विषयमा संवाद हुन्छ’

भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, ‘उठेका सबै विषयमा संवाद हुन्छ’

२२ जेठ, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्...
एक महिना बित्न लाग्दा पनि आठ अध्यादेश स्वीकृतिको प्रक्रिया अघि बढेन

एक महिना बित्न लाग्दा पनि आठ अध्यादेश स्वीकृतिको प्रक्रिया अघि बढेन

२२ जेठ, काठमाडौं — सरकारले संसद्‌मा पेश गरिएका आठ वटा अध्यादेशलाई स्वीकृत गराउने प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरह...
धार्मिक व्यवस्थामा कुनै परिवर्तन नगर्न पूर्वप्रधानन्यायाधीश रेग्मीको सुझाव

धार्मिक व्यवस्थामा कुनै परिवर्तन नगर्न पूर्वप्रधानन्यायाधीश रेग्मीको सुझाव

२२ जेठ, काठमाडौं — पूर्वप्रधानन्यायाधीश तथा पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा संविधानको मूल मर्म, प्...
भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

२० जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर...