जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

२६ चैत, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन्। प्रहरी स्रोतका अनुसार उनलाई जिम्मा जमानीमा छाड्ने प्रक्रिया अघि बढाइएको छ।

सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा रिहा गर्ने सम्बन्धी कागजात प्राप्त भइसकेपछि आवश्यक प्रक्रिया अगाडि बढाइएको हो। काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले ओलीलाई रिहा गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुन्डुस्थित निवासबाट पक्राउ गरेको थियो। स्वास्थ्य अवस्था जटिल भएपछि उनी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।

यसैबीच, ओलीकी पत्नी राधिका तथा लेखककी पत्नी यशोदाले आफ्ना पतिलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए।

सर्वोच्च अदालतले चैत २३ गते साँझ ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसम्बन्धी अनुसन्धान २६ चैतभित्र सक्न आदेश दिएको थियो। साथै, तोकिएको समयभित्र अनुसन्धान पूरा नभए शर्तसहित रिहा गर्न निर्देशन दिएको थियो। यद्यपि, अदालतले उनीहरूको हिरासतलाई कानुनसम्मत ठहर गर्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न अस्वीकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

वित्तीय संकटपछि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित

वित्तीय संकटपछि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित

१३ जेठ, काठमाडौं — सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको छ। बढ्दो वित्तीय संकट...
प्रधानमन्त्रीको अनुपस्थितिविरुद्ध हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

प्रधानमन्त्रीको अनुपस्थितिविरुद्ध हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

१३ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा बैठकमा उपस्थित नभएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...
खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

१२ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा नियमा...
प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहल गर्ने प...