खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

१२ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा नियमापत्ति भएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले खरेलले प्रयोग गरेको शब्द असंसदीय भएको भन्दै आपत्ति जनाएका हुन्।

प्रतिपक्षी दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक अघि बढाएका थिए। सो क्रममा पर्यटन विधेयक–२०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु गरिएको थियो।

विधेयकमाथि आफ्नो धारणा राख्ने क्रममा सांसद खरेलले प्रतिपक्षी दलहरूको विरोधलाई ‘तमासा’को संज्ञा दिएका थिए। त्यसप्रति आपत्ति जनाउँदै सांसद मल्लले उक्त शब्द अपमानजनक र असंसदीय भएकाले संसदीय रेकर्डबाट हटाउन माग गरे।

यस विषयले संसद्मा केही समय विवादको स्थिति सिर्जना गरेको थियो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

१२ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा नियमा...
प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहल गर्ने प...
सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले आज युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भ...
नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

१२ जेठ, काठमाडौं — सर्वोच्च अदालतले नजिर वा कानुनी सिद्धान्तविपरीत फैसला गर्दैमा कुनै न्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउ...