रुसी सेनामा भर्ना हुन पुगेका करिब एक सय जना नेपाली हराइरहेको भन्ने उजुरी परेको परराष्ट्र मन्त्री को भनाई

१० पौष, काठमाण्डौं – परराष्ट्रमन्त्री एनपी साउदले रुस-युक्रेन युद्धमा रुसी सेनामा संलग्नमध्ये १०० जना हाराहारी नेपाली हराइरहेको भन्ने उजुरी परेको बताएका छन्। 

‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले रासससँगको कुराकानीमा भनेका छन्, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’

रुसी सेनामा कति नेपाली संलग्न रहेका छन् भन्ने यकिन विवरण नभएको परराष्ट्रमन्त्री साउदको भनाइ थियो । ‘करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किन भने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । यो संख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने हाम्रो अनुमान छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, ‘उठेका सबै विषयमा संवाद हुन्छ’

भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, ‘उठेका सबै विषयमा संवाद हुन्छ’

२२ जेठ, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्...
एक महिना बित्न लाग्दा पनि आठ अध्यादेश स्वीकृतिको प्रक्रिया अघि बढेन

एक महिना बित्न लाग्दा पनि आठ अध्यादेश स्वीकृतिको प्रक्रिया अघि बढेन

२२ जेठ, काठमाडौं — सरकारले संसद्‌मा पेश गरिएका आठ वटा अध्यादेशलाई स्वीकृत गराउने प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरह...
धार्मिक व्यवस्थामा कुनै परिवर्तन नगर्न पूर्वप्रधानन्यायाधीश रेग्मीको सुझाव

धार्मिक व्यवस्थामा कुनै परिवर्तन नगर्न पूर्वप्रधानन्यायाधीश रेग्मीको सुझाव

२२ जेठ, काठमाडौं — पूर्वप्रधानन्यायाधीश तथा पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा संविधानको मूल मर्म, प्...
भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

२० जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर...