राष्ट्रिय परिचयपत्रका आधारमा बैंक खाता खोल्न सकिने

२६ पुस, काठमाडौं – अब माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको प्रयोग गरेर पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ।

यसअघि नागरिकता अनिवार्य भए पनि अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरेको हो।

राष्ट्र बैंकको निर्देशनअनुसार, “बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा खाता खोल्नुपर्नेछ।”

राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार, राष्ट्रिय परिचयपत्रलाई प्राथमिकता दिइए पनि सबै नागरिकसँग परिचयपत्र उपलब्ध नभएकाले नागरिकताका आधारमा खाता खोल्ने प्रावधान यथावत् रहनेछ। उनले भने, “नागरिकताका आधारमा खाता खोल्ने व्यवस्था यथावत् छ, तर अब राष्ट्रिय परिचयपत्रको नम्बरले पनि खाता खोल्न सकिन्छ।”

सरकारले सामाजिक सुरक्षा तथा अन्य सरकारी भुक्तानीको आवश्यकताका लागि बैंक खाता खोल्ने प्रक्रियालाई सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो।

ग्राहक पहिचान अनिवार्य
नयाँ निर्देशनअनुसार, बैंक खाता खोल्ने वा रकम झिक्नुअघि ग्राहक पहिचान तथा सम्पुष्टि (केवाईसी) फारम भर्नुपर्नेछ। ग्राहकले दिएको मोबाइल नम्बरको सत्यापन गर्न पनि बैंकले आवश्यक पहिचान पद्धति अपनाउनुपर्नेछ।

सन्दिग्ध कारोबार रोक्न व्यवस्था
राष्ट्र बैंकले सूचीकृत व्यक्ति, समूह वा संगठनसँग सम्बद्ध खाताहरूको निगरानीलाई कडाइ गर्दै तिनको सम्पत्ति रोक्का राख्न निर्देशन दिएको छ। यस्ता खाताहरूको विवरण ३ दिनभित्र राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखामा बुझाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

पूर्व-पश्चिम राजमार्गमा यी ठाउँका संरचना १५ दिनभित्र हटाउन निर्देशन

पूर्व-पश्चिम राजमार्गमा यी ठाउँका संरचना १५ दिनभित्र हटाउन निर्देशन

२५ जेठ, काठमाडौं — पूर्व-पश्चिम राजमार्गम छेउछाउ स्वीकृति विना बनाइएका अस्थायी/स्थायी घरटहरा खाली गर्न आग्रह गरिएको छ। कञ्चनपुरको...
प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

२५ जेठ, काठमाडौं — प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सोमबार दिउँसो सवा १ बजे बसेको बैठक प्रारम्भ भएको केही ...
करका दर हेरफेर प्रकरणमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

करका दर हेरफेर प्रकरणमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

२५ जेठ, काठमाडौं — करका दरसम्बन्धी व्यवस्था फेरबदल भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने ...
सीमा विवादसम्बन्धी विषयमा सरकार गम्भीर रहेको सभामुखको विश्वास

सीमा विवादसम्बन्धी विषयमा सरकार गम्भीर रहेको सभामुखको विश्वास

२५ जेठ, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले नेपाल–भारत सीमा विवादसम्बन्धी विषयमा विपक्षी दलहरूले उठाएका प्रश्नप्रति सरकार गम्भीर ...