अमेरिका समूह विजेता, अस्ट्रेलिया पनि अन्तिम १६ मा

१२ असार, काठमाडौं — अस्ट्रेलिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

समूह ‘डी’ अन्तर्गत अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेलेपछि अस्ट्रेलियाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

तीन खेलबाट चार अंक जोडेको अस्ट्रेलिया समूह उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो।

यता, अमेरिकाले ६ अंकसहित समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ।

अस्ट्रेलियासँग बराबरी खेलेको पाराग्वेको भने नकआउट चरणमा पुग्ने सम्भावना अझै कायम छ।

यसै समूहमा रहेको टर्की तीन अंकसहित प्रतियोगिताबाट बाहिरिएको छ।

आजै भएको अर्को खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको थियो। यद्यपि, त्यसअघि लगातार दुई खेल जितेको अमेरिकाले ६ अंकसहित समूहको शीर्ष स्थान कायम राख्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

अमेरिका समूह विजेता, अस्ट्रेलिया पनि अन्तिम १६ मा

अमेरिका समूह विजेता, अस्ट्रेलिया पनि अन्तिम १६ मा

१२ असार, काठमाडौं — अस्ट्रेलिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘डी’ अन्तर्गत अमेरिकाको सान फ्रान्सिस्को बे...
रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिन आचार्यलाई समर्थन

रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिन आचार्यलाई समर्थन

१२ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फ...
महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

११ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ। ९९ जना के...
चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

११ असार, काठमाडौं — दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको ...