२०८३ असार १२
२०८३ असार १२
१२ असार, काठमाडौं — अस्ट्रेलिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘डी’ अन्तर्गत अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेलेपछि अस्ट्रेलियाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो। तीन खेलबाट चार अंक जोडेको अस्ट्रेलिया समूह उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। यता, अमेरिकाले ६ अंकसहित समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ। अस्ट्रेलियासँग बराबरी खेलेको पाराग्वेको भने नकआउट चरणमा पुग्ने सम्भावना अझै कायम छ। यसै समूहमा रहेको टर्की तीन अंकसहित प्रतियोगिताबाट बाहिरिएको छ। आजै भएको अर्को खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको थियो। यद्यपि, त्यसअघि लगातार दुई खेल जितेको…