गगन थापाको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

गगन थापाको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

१९ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ। खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पारित गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए। उक्त प्रतिवेदन आजैदेखि सुरु हुने बन्दसत्रमा प्रस्तुत गरिनेछ। आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षा, सरकारलाई खबरदारी, निर्वाचनअघि गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवाको सहभागिता तथा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालगायत विषय समेटिएका छन्। सहमहामन्त्री कर्णबहादुर बुढाका अनुसार खाना खानका लागि केन्द्रीय समिति बैठक अहिले स्थगित गरिएको छ। खाना खाइसकेपछि बैठक पुनः सञ्चालन हुने…
Read More
कांग्रेस महाधिवेशनका लागि सजियो खुलामञ्च

कांग्रेस महाधिवेशनका लागि सजियो खुलामञ्च

१८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनका लागि काठमाडौंको खुलामञ्च सजाइएको छ भने प्रतिनिधिहरू आउने क्रम जारी छ। उम्मेदवारी घोषणा गरेका नेताका समर्थक तथा प्रतिनिधिहरूले आफ्नो पक्षमा मत मागिरहेका छन्। महाधिवेशनको उद्घाटन सत्र दिउँसो २ बजे तय गरिएको छ। उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रमुख तथा विभिन्न देशका प्रतिनिधिहरू खुलामञ्च पुग्दैछन्। महाधिवेशन व्यवस्थापनका लागि ठूलो संख्यामा स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको छ।
Read More
एमाले स्थायी कमिटीमा ७ नेता थपिए, भण्डारी वरिष्ठ नेता प्रस्तावित

एमाले स्थायी कमिटीमा ७ नेता थपिए, भण्डारी वरिष्ठ नेता प्रस्तावित

८ असोज, काठमाडौं — नेकपा एमालेले ७ जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो। अब उनीहरूको मनोनयन केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ। यस्तै, आजको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता प्रस्ताव गरेको छ।
Read More
एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल चलाउन नपाइने

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल चलाउन नपाइने

६ असोज, काठमाडौं — नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी छ। सोमबारदेखि सुरु भएको बैठक आज पनि बसेको हो। सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आजदेखि आफ्नो धारणा राख्नेछन्। बैठक हलभित्र मोबाइल फोन चलाउन रोक लगाइएको छ। अध्यक्ष ओलीले बैठकमा सहभागीहरूलाई मोबाइल बाहिरै राख्न र नचलाउन आग्रह गरेका छन्। बैठकमा अडियो तथा भिडियो रेकर्ड गर्नसमेत नपाइने अध्यक्ष ओलीले बताएका छन्।
Read More
बाढीपीडितको खोज, उद्धार र राहतबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक

बाढीपीडितको खोज, उद्धार र राहतबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक

२५ भदौ, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावितहरूको पुनर्स्थापनाको काम गरिरहेको छ। ‘सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन तथा आवश्यक निर्णय गर्न बैठक बोलाउनुभएको हो,’ सचिवालयले जनाएको छ।
Read More
शान्तिपूर्ण आन्दोलन अपहरण गरेर विध्वंस मच्चाइयो : ओली

शान्तिपूर्ण आन्दोलन अपहरण गरेर विध्वंस मच्चाइयो : ओली

२४ भदौ, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौ २४ गतेलाई कहाली लाग्दो विध्वंस भएको दिनका रूपमा स्मरण गरेका छन्। भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘गत वर्ष आजकै दिन राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि सर्वाधिक ठूलो आक्रमण र विध्वंस भएको थियो।’ गत वर्ष भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो। भदौ २४ गते सरकारी तथा निजी सम्पत्तिमाथि व्यापक तोडफोड र आगजनी भएको थियो। एमाले अध्यक्ष ओलीले उक्त घटनालाई विध्वंसका रूपमा उल्लेख गरेका छन्। दुःखद घटनाको एक वर्ष पूरा भएको उल्लेख गर्दै उनले गत वर्ष भदौ २३ गतेको प्रदर्शनपछिको घटनाक्रममा…
Read More
तिब्बततर्फबाट आएको बाढीले टिमुरे बजारमा क्षति

तिब्बततर्फबाट आएको बाढीले टिमुरे बजारमा क्षति

१० भदौ, काठमाडौं — तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजे अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुर्‍याएको हो । बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Read More
मन्त्रालय र सभामुखमा दाबी गर्दै असन्तुष्ट नेकपा सांसदले भेटे प्रचण्ड

मन्त्रालय र सभामुखमा दाबी गर्दै असन्तुष्ट नेकपा सांसदले भेटे प्रचण्ड

९ भदौ, काठमाडौं — बागमती प्रदेशमा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्ट रहेका सांसदहरूले मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । भेटमा उनीहरूले सत्ता साझेदारी, मन्त्रालय बाँडफाँड, सरकार सञ्चालन र सरकारको स्थायित्वबारे छलफल गरेका छन् । नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल, गंगानारायण श्रेष्ठसहित ८ जना सांसदले प्रचण्डसँग भेट गरेका हुन् । उनीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सत्ता साझेदारी गरेर सरकार गठन गर्नुपर्ने अवस्था किन आयो, सरकार कसरी सञ्चालन गर्ने र त्यसको स्थायित्व कसरी सुनिश्चित गर्ने भन्ने विषयमा प्रश्न उठाएका थिए । प्रचण्डसँगको भेटपछि अनलाइनखबरसँग कुरा गर्दै उपनेता खनालले विगतमा सत्ता खेलमा लागेर…
Read More
बागमतीमा आज नयाँ सरकार, सरल सहयात्री आर्थिक मामिला मन्त्री बन्ने

बागमतीमा आज नयाँ सरकार, सरल सहयात्री आर्थिक मामिला मन्त्री बन्ने

४ भदौ, काठमाडौं — बागमती प्रदेशमा आज गठन हुने नयाँ सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् । सत्ता साझेदार दल नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रदेश सरकारमा मन्त्रालय बाँडफाँट गर्ने सहमति अनुसार सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो । नेकपाबाट मन्त्री बन्नेमा सिन्धुपाल्चोकका तत्कालीन नेकपा माओवादी पृष्ठभूमिका सरल सहयात्रीको नाम टुंगिएको नेकपाका नेता तथा पूर्वमन्त्री रत्नप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार भागबण्डामा नेकपाले पाउने अर्को एक मन्त्रालयमा कसलाई पठाउने भन्ने विषय भने औपचारिक रूपमा टुंगिएको छैन । नेकपाबाट अर्का…
Read More
रविको बैठकमा सांसदले उठाए जनताका गुनासा, मन्त्रीले दिए जवाफ

रविको बैठकमा सांसदले उठाए जनताका गुनासा, मन्त्रीले दिए जवाफ

३ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या तथा सरकारको कामकारबाहीबारे प्रश्न उठाएका छन्। सांसदहरूले राखेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले बैठकमै जवाफ दिएका छन्। बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति लामिछानेको आह्वानमा सांसद तथा मन्त्रीहरूको उपस्थितिमा बैठक बसेको हो। बैठकबारे जानकारी दिँदै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सांसदहरूले आफ्ना क्षेत्रका समस्या तथा आम जनताबाट आएका गुनासा बैठकमा राखेको बताए। उनका अनुसार सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूले पनि बैठकमै जवाफ दिएका थिए। संसदीय दलको कार्यालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै पराजुलीले भने, ‘माननीय मन्त्रीज्यूले सबै विषयमा यी लगायत सबै…
Read More