अमेरिकाको शानदार जित, अन्तिम १६ मा स्थान सुरक्षित

Advertisement

१८ असार, काठमाडौं — सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हराउँदै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो।

अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान एक–एक गोल गरे। खेलको ४५औं मिनेटमा बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, पहिलो गोल गरेका उनी नै ६४औं मिनेटमा रातो कार्ड पाएपछि मैदानबाट बाहिरिए र अमेरिका १० खेलाडीमा सीमित भयो।

१० खेलाडीमा सीमित भए पनि अमेरिकाले आफ्नो प्रदर्शनलाई निरन्तरता दियो। खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि थप गोल हुन नसक्दा अमेरिका २–० को जित निकाल्न सफल भयो।

यस जितसँगै अमेरिकाले २४ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दर्ता गरेको छ। यसअघि सन् २००२ को विश्वकपमा अमेरिका क्वार्टरफाइनलसम्म पुगेको थियो। त्यसयता भने टोली दोस्रो चरणबाटै बाहिरिँदै आएको थियो।

यो नतिजासँगै विश्वकपका सबै आयोजक राष्ट्र अन्तिम १६ मा पुगेका छन्। मेक्सिको र क्यानडाले यसअघि नै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका थिए।

अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...