सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

Advertisement

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार भएको छ। बाँकी दुई उद्योगको मूल्यांकन कार्य भने जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयले संघीय संसद् सचिवालयमा पठाएको लिखित प्रश्नको जवाफमा बजेट वक्तव्यमा उल्लेख भएअनुसार सातवटा प्रतिष्ठानको सम्पत्ति तथा दायित्व मूल्यांकनको काम भइरहेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार पाँचवटा उद्योगको डीडीए प्रतिवेदन प्राप्त भइसकेको छ भने बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको मूल्यांकन कार्य बाँकी छ।

मूल्यांकन प्रतिवेदन प्राप्त भएपछि त्यसको अध्ययन गरी सार्वजनिक–निजी साझेदारीको उपयुक्त मोडेल छनोट गरेर लगानी व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ।

सरकारले लामो समयदेखि बन्द रहेका सात ठूला सरकारी उद्योगलाई सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ। यसै प्रक्रियाअन्तर्गत पहिलो चरणमा सातवटै उद्योगको विस्तृत लेखापरीक्षण तथा सम्पत्ति र दायित्वको मूल्यांकन सुरु गरिएको हो।

मूल्यांकन गरिन लागेका उद्योगमा गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिण्ड एन्ड म्याग्नेसाइट, हेटौंडा कपडा उद्योग र उदयपुर सिमेन्ट उद्योग रहेका छन्।

प्रतिनिधिसभा सदस्य निष्कल राईले निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिन मान्ने अर्थ मन्त्रालयको भनाइ र सरकारी उद्योग सञ्चालन हुन थालेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमा लेखेको विषयलाई जोडेर प्रश्न उठाएका थिए। उनको लिखित प्रश्न संसद् सचिवालयमार्फत अर्थ मन्त्रालयमा पठाइएको थियो।

राईले सरकारले सन् १९९० अघिकै असफल मानिएको सरकारी उद्योग सञ्चालन गर्ने मोडेलतर्फ मुलुकलाई फर्काउन खोजेको हो कि होइन भन्ने प्रश्न गरेका थिए।

यसको जवाफमा अर्थ मन्त्रालयले लामो समयदेखि बन्द रहेका उद्योगलाई पुनः सञ्चालनको अवस्थामा ल्याउन सरकारको अग्रसरता आवश्यक रहेको उल्लेख गरेको छ। मन्त्रालयका अनुसार त्यसैका लागि प्रारम्भिक चरणमा केही काम अघि बढाइएको हो।

आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमार्फत सार्वजनिक संस्थानलाई बलियो बनाउन केही संस्थानमा पुँजी वृद्धि गर्ने तथा सेयर विनिवेश गर्ने नीति लिइएको पनि मन्त्रालयले जनाएको छ। यही जवाफमा सात उद्योगमध्ये पाँचवटाको डीडीए प्रतिवेदन तयार भएको विवरण उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...