‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

Advertisement

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावहारिक लाभ प्राप्त गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सोमबार सुरु भएको सुनुवाइअघि शर्माले आफ्ना प्राथमिकता र कार्ययोजना प्रस्तुत गरेका हुन्। उनले दुई सरकारबीच आपसी विश्वास कायम राख्दै नेपालको राष्ट्रिय हितलाई निष्ठापूर्वक प्रस्तुत गर्ने बताएका छन्।

शर्माले चीनको परराष्ट्र मन्त्रालय, कम्युनिस्ट पार्टी, राज्य परिषद्, राष्ट्रिय जनकंग्रेस, प्रान्तीय सरकार, विश्वविद्यालय तथा थिंक ट्यांकसँग नियमित सम्पर्क र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, नेपाली नियोगलाई सक्षम र सम्मानित बनाउने, निरन्तर संवाद तथा फलोअपमार्फत गलत बुझाइ हटाउने र स्पष्ट कार्यादेश भएका नेपाली संस्थालाई प्राथमिकता दिने योजना अघि सारेका छन्।

पूर्वाधार विकासतर्फ उनले रसुवागढी पुल, स्याफ्रुबेंसी–रसुवागढी सडक, अरनिको राजमार्ग, काठमाडौं चक्रपथ, केरुङ–रसुवागढी–चिलिमे प्रसारण लाइन र किमाथाङ्का सडकजस्ता प्राथमिकताप्राप्त आयोजनाको प्रगतिमा विशेष ध्यान दिने बताएका छन्।

त्यस्तै, प्रशोधित राँगाको मासु, अमिलो फलफूल, घाँस तथा साइलेजको निर्यात र औद्योगिक पार्क तथा विशेष आर्थिक क्षेत्रसम्बन्धी योजनाको प्रगति अनुगमन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
व्यापार तथा निर्यात प्रवर्द्धनका लागि शर्माले ‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ रणनीति अपनाउने बताएका छन्। उच्चस्तरीय भ्रमणलाई उद्देश्यकेन्द्रित बनाउँदै प्रत्येक भ्रमणपछि व्यवस्थित रूपमा फलोअप गर्ने योजना पनि उनले प्रस्तुत गरेका छन्।

कनेक्टिभिटी, पारवहन र सीमा सहयोगलाई समेत उनले प्राथमिकतामा राखेका छन्। यसअन्तर्गत नेपाल–चीनका १४ परम्परागत सीमा व्यापार बिन्दुको नियमित सञ्चालन तथा सुधार, नेपाल–चीन पारवहन यातायात सम्झौताअन्तर्गतका चार समुद्री बन्दरगाह र तीन आन्तरिक सुक्खा बन्दरगाहको अधिकतम उपयोग गर्ने योजना छ।

यसका साथै केरुङ रेलमार्गको सम्भावित विस्तार, ल्हासासँगको सम्पर्क, सीमावर्ती समुदायको सहकार्य तथा पारवहन सुविधाको सुधारमा नजिकबाट अनुगमन गर्ने प्रतिबद्धता शर्माले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...