८ असोज, काठमाडौं — नेकपा एमालेले ७ जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।
आज बसेको एमाले सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो।
अब उनीहरूको मनोनयन केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ।
यस्तै, आजको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता प्रस्ताव गरेको छ।



