अर्जेन्टिनाको सातौं सेमिफाइनल यात्रा, अब इंग्ल्यान्डसँग भेट

Advertisement

२८ असार, काठमाडौं — साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सातौं पटक विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले एक–एक गोल गरे।

खेलको १०औं मिनेटमा कप्तान लियोनल मेसीको कर्नर प्रहारलाई एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

स्विट्जरल्यान्डले ६७औं मिनेटमा खेल बराबरीमा ल्यायो। रिकार्डो रोड्रिगेजको असिस्टमा डान एनडोयेले गोल गर्दै टोलीलाई १–१ को अवस्थामा पुर्‍याएका थिए।

७२औं मिनेटमा ब्रेल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो। त्यसपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो।

निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा जुलियन अल्भारेजले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए।

इन्जुरी समयमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–१ को जित सुनिश्चित गर्‍यो।

योसँगै अर्जेन्टिना सातौं पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। अब फाइनल प्रवेशका लागि उसले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

तीन पटकको विश्वविजेता अर्जेन्टिना तीन पटक उपविजेतासमेत बनिसकेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...