२०८३ असार २८
२०८३ असार २८
२८ असार, काठमाडौं — सरकारले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ। असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग सञ्चालनको जिम्मा सेनालाई दिने निर्णय गरेको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सरकारले सेनालाई तीन वटा जिम्मेवारी दिएको छ। पहिलो, उद्योगका मेसिनहरूको मर्मत–सम्भार गर्ने। दोस्रो, उत्पादन परीक्षणका लागि सम्भाव्यता अध्ययन तथा प्राविधिक प्रतिवेदन तयार गर्ने। तेस्रो, परीक्षण उत्पादन सुरु गर्ने। उनका अनुसार सबैभन्दा पहिले उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गरिनेछ। अध्ययनमा मेसिनहरूको अवस्था, प्रयोगयोग्यता, मर्मत गर्नुपर्ने मेसिन, त्यसका लागि लाग्ने समयलगायत विषय समेटिनेछन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको हेटौंडा कपडा उद्योगप्रति…