२०८३ आश्विन २६
२०८३ आश्विन २६
२६ असोज, काठमाडौं — साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारविरुद्ध परेको उजुरीमाथि छलफल गरेपछि संसदीय सुनुवाइ समितिले दुईवटा प्रमाण झिकाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले उजुरीकर्ता र पीडितसँगको छलफलपछि यस्तो निर्णय गरेको हो। प्रस्तावित राजदूतहरूविरुद्ध समितिले यसअघि उजुरी आह्वान गरेको थियो। सुनारको एक महिलासँग विवाहेतर सम्बन्ध रहेको र उनलाई पटक–पटक यातना दिएको आरोप लगाउँदै ती महिलाकी साथीले उजुरी दिएकी थिइन्। उजुरीमाथि छलफलपछि समितिले ललितपुर प्रहरीमा भएको मिलापत्रसम्बन्धी प्रमाण झिकाउने निर्णय गरेको छ। साथै, सुनार जर्मनीबाट ‘डिपोर्ट’ भए वा नभएको विवरण परराष्ट्र मन्त्रालयमार्फत माग गर्ने निर्णय गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए। गत असोज २…