कोरियाले भन्यो : पुनर्निर्माणमा सघाउँछौं, नेपालको हकका लागि विश्वमञ्चमा बोल्छौं

Advertisement

२१ भदौ, काठमाडौं — दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा बाढीपछिको खोज, उद्धार, राहत तथा पुनर्निर्माणका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली र अन्तरनिकाय र्‍यापिड रेस्पोन्स टोली पठाएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएका थिए। उनले विपद् प्रतिरोधी, दिगो र बलियो पूर्वाधार निर्माण नेपाल सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै निरन्तर सहयोगको अपेक्षा पनि व्यक्त गरे।

जवाफमा कोरियाली परराष्ट्रमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन दक्षिण कोरिया पूर्ण रूपमा तयार रहेको बताएका छन्।

जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेको क्षतिप्रति विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले कोपजस्ता अन्तर्राष्ट्रिय मञ्चमा यस विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए।

नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका विषयमा पनि दक्षिण कोरियाले आफ्नो तर्फबाट आवाज उठाउने प्रतिबद्धता जनाएको छ।

भेटका क्रममा दुवै मन्त्रीले नेपाल–दक्षिण कोरियाबीचको लामो समयदेखिको मित्रता र सहकार्यमा आधारित सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

दक्षिण कोरियाका परराष्ट्रमन्त्री ह्युन तीनदिने भ्रमणमा नेपाल आएका हुन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...