२०८३ भाद्र २१
२०८३ भाद्र २१
२१ भदौ, काठमाडौं — पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर खण्डमा पहिरो गएर सडक अवरुद्ध भए पनि वैकल्पिक बाटो प्रयोग गरेर पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको नेपाल आयल निगमले जनाएको छ। सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै तराईका विभिन्न उद्योगबाट ग्यास रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याइएको निगमले जनाएको हो। निगमको तथ्यांकअनुसार १८ देखि २० भदौसम्म कुल ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको छ। जसमध्ये १८ भदौमा २४ हजार ४ सय ९४, १९ भदौमा ३४ हजार १ सय ३४ र २० भदौमा २९ हजार…