युद्ध अन्त्यको प्रयासमा मस्को पुगे अमेरिकी टोली, पुटिनसँग तीन घण्टा वार्ता

Advertisement

२१ भदौ, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्यारेड कुश्नरले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा लामो वार्ता गरेका छन्।

मस्कोस्थित क्रेमलिनमा शनिबार भएको भेटमा युद्ध अन्त्यका लागि अमेरिकी प्रस्ताव र सम्भावित समाधानका विषयमा छलफल भएको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ।

अमेरिकी टोली आइतबार युक्रेनको राजधानी किभ जाने तयारीमा छ। उनीहरूको भ्रमणलाई सहज बनाउन रूस र युक्रेन छोटो समयका लागि हवाई आक्रमण रोक्न सहमत भएको पनि एक्सियसले जनाएको छ।

पुटिनले रूस–युक्रेनबीच मध्यस्थताका लागि भइरहेको अमेरिकी प्रयासप्रति विश्वास रहेको बताएका छन्। उनले वार्ताको सुरक्षा सुनिश्चित गर्न रुसले आवश्यक प्रयास गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

वार्तापछि पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकभले अमेरिकी टोलीले युद्ध अन्त्यका लागि सम्भावित समाधानका केही प्रस्ताव प्रस्तुत गरेको बताएका छन्।

ट्रम्प प्रशासनले रूस र युक्रेनलाई पुनः प्रत्यक्ष वार्ताको टेबलमा ल्याउने प्रयास तीव्र पारेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...