अध्यक्ष दाहालको दाबी: वर्तमान सरकार अघि बढ्न असमर्थ

२६ पुस, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दाबी गरेका छन्। शुक्रबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन्।

दाहालले अहिलेको सरकारलाई “अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी”को संज्ञा दिँदै यो सरकार धेरै समय टिक्न नसक्ने धारणा राखे। उनले भने, “यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ। मैले यो कुरा संसद् र बाहिर पनि गम्भीरताका साथ भनेको छु। अप्राकृतिक गठबन्धन भएकाले अब यो सरकार अघि बढ्न सक्दैन।”

समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउने योजना

दाहालले समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउने विषयमा छलफल भइरहेको जानकारी पनि दिए। “समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउन आवश्यक छ। यही विषयमा मुख्य रूपमा कुरा भइरहेको छ। माघ २ गते समाजवादी मोर्चाको बैठक बस्दैछ, त्यसमा मोर्चालाई कसरी सक्रिय पार्न सकिन्छ भन्नेबारे छलफल हुनेछ,” उनले भने।

दाहालको यो भनाइले सरकारको स्थायित्व र राजनीतिक समीकरणबारे थप बहसको सुरुवात गरेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

अमेरिका समूह विजेता, अस्ट्रेलिया पनि अन्तिम १६ मा

अमेरिका समूह विजेता, अस्ट्रेलिया पनि अन्तिम १६ मा

१२ असार, काठमाडौं — अस्ट्रेलिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘डी’ अन्तर्गत अमेरिकाको सान फ्रान्सिस्को बे...
रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिन आचार्यलाई समर्थन

रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिन आचार्यलाई समर्थन

१२ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फ...
महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

११ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ। ९९ जना के...
चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

११ असार, काठमाडौं — दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको ...