एकीकृत समाजवादी अध्यक्ष नेपालद्वारा प्रधानमन्त्री ओलीमाथि ०८७ सम्म सत्ता टिकाउने चाहना रहेको आशंका

२६ पुस, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेर २०८७ सम्म सरकारमा बस्ने योजना बनाएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले यस्तो धारणा व्यक्त गरेका हुन्।

अध्यक्ष नेपालले संविधान संशोधनसम्बन्धी विषयलाई लिएर प्रधानमन्त्री ओली पछाडि हटेको भन्ने कुरा सुनेको जनाउँदै, जनताको सुविधाहरूलाई सहज बनाउनेतर्फ ध्यान दिन संविधान संशोधन आवश्यक भएको बताए। “संविधान संशोधनको कुराबाट प्रधानमन्त्री पछि हट्नुभएको भन्ने सुनिएको छ। उहाँको २०८७ सम्म सरकारमा बस्ने चाहना हुन सक्छ। संसद् नै भंग गरेर त्यसैलाई आधार बनाउँदै थप ६ वर्ष बस्ने योजना हो कि भन्ने प्रश्न उठ्छ,” नेपालले भने।

प्रधानमन्त्री ओलीले मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकमा संविधान संशोधन २०८७ मा मात्रै हुने बताएपछि विभिन्न राजनीतिक वृत्तमा विवाद उब्जिएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायत अन्य नेताहरूले प्रधानमन्त्रीको यो भनाइप्रति आपत्ति जनाएका छन्।

यसैबीच, अध्यक्ष नेपालले अध्यक्ष दाहालसँगको भेटमा समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउने विषयमा छलफल भएको बताए। उनले भने, “समाजवादी मोर्चालाई पुनःजागृत र क्रियाशील बनाउने मुख्य विषयमा छलफल गर्‍यौं। यही उद्देश्यले माघ २ गते मोर्चामा आवद्ध ४ घटक, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र, विप्लव नेतृत्वको पार्टी र महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टीसँग सल्लाह गरिनेछ। समाजवादी मोर्चालाई हामी क्रियाशील बनाउँदैछौं।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

अमेरिका समूह विजेता, अस्ट्रेलिया पनि अन्तिम १६ मा

अमेरिका समूह विजेता, अस्ट्रेलिया पनि अन्तिम १६ मा

१२ असार, काठमाडौं — अस्ट्रेलिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘डी’ अन्तर्गत अमेरिकाको सान फ्रान्सिस्को बे...
रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिन आचार्यलाई समर्थन

रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिन आचार्यलाई समर्थन

१२ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फ...
महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

११ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ। ९९ जना के...
चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

११ असार, काठमाडौं — दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको ...