नक्कली लाइसेन्स वितरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

२५ असार, काठमाडौं – नक्कली लाइसेन्स वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ।

फर्जी विवरण राखेर ३ सयभन्दा बढी नक्कली लाइसेन्स वितरण गरेको आरोप उनीहरूलाई लागेको छ।

नक्कली लाइसेन्स बाँडिएको समाचार बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले अनुसन्धान गरेको थियो। सिआईबीले ६ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो।

यस प्रकरणमा १५ जना संलग्न भएको अध्ययन प्रतिवेदन सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको थियो।

नक्कली लाइसेन्स प्रकरणका ९ जना फरार छन्। जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ।

अभियोगपत्रमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरू लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं सुवास पौडेलसहित १५ जनालाई दोषी देखाइएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

१२ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा नियमा...
प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहल गर्ने प...
सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले आज युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भ...
नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

१२ जेठ, काठमाडौं — सर्वोच्च अदालतले नजिर वा कानुनी सिद्धान्तविपरीत फैसला गर्दैमा कुनै न्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउ...