नेपालमा यसवर्ष मनसुन सुरु भएपछिको ३० दिनमा ८० जनाको मृत्यु

२५ असार, काठमाडौं – नेपालमा यसवर्ष मनसुन सुरु भएपछिको ३० दिनमा मनसुनजन्य विपद्का घटनामा ८० जनाको मृत्यु भएको छ ।

अविरल वर्षासँगै आएको बाढी, पहिरो र चट्याङका कारण उनीहरूको मृत्यु भएको हो ।

यस वर्ष मनसुन जेठ २८ गते नेपालमा प्रवेश गरेको थियो । जेठ २८ गतेदेखि असार २५ गते दिउँसोसम्मको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ८० जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मनसुनजन्य विपद्का घटनाबाट काठमाडौं उपत्यकामा एक जना, कोसी प्रदेशमा १९ जना, मधेस प्रदेशमा तीन जना, वाग्मती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको छ ।

यस अवधिमा मनसुनजन्य विपद्का घटनाबाट काठमाडौं उपत्यकामा तीन जना, कोसीमा २३ जना, मधेसमा सात जना, वाग्मतीमा चार जना, गण्डकीमा २६ जना, लुम्बिनीमा आठ जना, कर्णालीमा १५ जना र सुदूरपश्चिममा ११ जना गरी जम्मा ९७ जना घाइते भएका छन् ।

यस अवधिमा कोसीमा ४१ जना र गण्डकीमा १२ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोसीमा दुई जना, वाग्मतीमा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढीको कारण हालसम्म १६१ घर डुबानमा परेका छन् । यसैगरी १३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ ।

यस्तै, ३८४ वटा पशु चौपायाको मृत्यु भएको छ । यस अवधिमा विपद्का घटनाबाट दुई हजार ७६४ घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

१२ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा नियमा...
प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहल गर्ने प...
सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले आज युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भ...
नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

१२ जेठ, काठमाडौं — सर्वोच्च अदालतले नजिर वा कानुनी सिद्धान्तविपरीत फैसला गर्दैमा कुनै न्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउ...