पक्राउ परेका ओली र लेखकको रिटमाथि अदालतमा छलफल

२३ चैत, काठमाडौं — केपी शर्मा ओली र रमेश लेखकसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ आज पनि जारी रहेको छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उक्त रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको थियो, जुन आज पनि सोही इजलासमा अगाडि बढिरहेको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाको छानबिनका लागि गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।

त्यसै आधारमा दुवै जनालाई चैत १४ गते बिहान पक्राउ गरिएको हो।

ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकका तर्फबाट पत्नी यशोधा थापाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

वित्तीय संकटपछि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित

वित्तीय संकटपछि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित

१३ जेठ, काठमाडौं — सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको छ। बढ्दो वित्तीय संकट...
प्रधानमन्त्रीको अनुपस्थितिविरुद्ध हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

प्रधानमन्त्रीको अनुपस्थितिविरुद्ध हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

१३ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा बैठकमा उपस्थित नभएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...
खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

१२ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा नियमा...
प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहल गर्ने प...